झापा / हेल्पिङ हेण्ड जापान टिमले झापा अर्जुनधारा–५ मा अतिविपन्न १० परिवारलाई राहत वितरण गरेको छ ।
निषेधाज्ञा लम्बिएसँगै टोलमा रहेका अतिविपन्न परिवारलाई हेल्पिङ हेण्डले राहत वितरण गरेको हो ।
रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका उपसचिव, जिल्लाकै उत्कृष्ट रक्तदानकर्ता तथा अर्जुनधारा ५ का टोल विकास समितिका अध्यक्ष ओमप्रकाश लुइँटेलको समन्वयमा मंगलवार राहत वितरण गरिएको थियो ।
प्रत्येक परिवारलाई ३० केजी चामल, दुई केजी दाल, दुई केजी आटा, एक केजी चिनी, एक केजी नुन, नुहाउने तथा कपडा धुने साबुन चार वटा, र तेल १ लिटर राहत स्वरुप प्रदान गरिएको थियो ।
हेल्पिङ हेण्डका सदस्य रमेश रिजाल, अर्जुनधारा–५को ज्येष्ठ चौतारीका अध्यक्ष जीवनकुमार खतिवडा, स्थानीय समाजसेवी सुवास चापागाँईले ३० हजार रुपैयाँ बराबरको राहत वितरण गरेका थिए । स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गर्दै राहत वितरण गरिएको थियो ।