झापा / कोरोना महामारी नियन्त्रणका लागि सहयोग पुगोस भन्ने उदेश्यले हेफर इन्टरनेशनल नेपालले अर्जुनधारा नगरपालिकालाई आठ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
हेफरले उपलब्ध गराएको चेक सोमवार संविधानसभा सदस्य तथा अभियान नेपालका अध्यक्ष प्रेमबहादुर गिरीले नगरका मेयर हरिकुमार राना र उपमेयर कमला खतिवडालाई हस्तान्तरण गरेका थिए ।
चेक नगरपालिका अर्जुनधाराको अभियान नेपाल र हाम्रो स्वालम्वी सामाजिक उद्योगी महिला सहकारी संस्थाको समन्वयमा रकम उपलब्ध भएको बताइएको छ ।
नगरका मेयर रानाले हेफरलाई धन्यवाद दिदै उक्त रकम नगरको अहिले सञ्चालनमा रहेको आइसियुलेशनलाई सरुवारोग अस्पताल सञ्चालनमा विउ पुँजीका रुपमा सञ्चालन गरिने बताए । उनले सरुवा रोग अस्पताल सञ्चालनका लागि नगरसभाबाट पारित गरिने समेत जानकारी दिए ।