विराटनगर / जिल्ला प्रशासन कार्यालय मोरङले एक साताका लागि निषेधाज्ञा थप गरेको छ ।

केही खुकुलो  प्रावधानसहित जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै एक साता समय थप गरेको हो ।

यसअघि जारी भएको निषेधाज्ञा असार १ गते सकिँदैछ । अबको निषेधाज्ञामा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, माछामासु, विद्यालयका पुस्तक बिक्री वितरण गर्ने पुस्तक पसललगायतका व्यवसायहरु बिहान ५ बजेदेखि बिहान ११ बजेसम्म संचालन गर्न पाइनेछ ।

यस्तै अब वर्कसपहरु बिहानैदेनि संचालन गर्न सकिने छ । सरकारी कर्मचारीहरुले कार्यालय आउन र कार्यालय समय पश्चात घर फर्किन आ–आफ्नो परिचयपत्रको प्रयोग गरी आवतजावत गर्न सक्ने छन् भने दूध तथा दूधजन्य पदार्थ विक्री गर्ने डेरी पसल बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म संचालन गर्ने पाइनेछ ।