धरान । हालै गठित धरान नगर स्काउट तदर्थ समिति र जिल्ला स्काउट कार्यालय सुनसरी धरानले धरान उपमहानगरपालिकाका प्रमुखलाई ज्ञापन पत्र दिएको छ । 

धरान नगर प्रमुख तिलक राईलाई समितिबारे जानकारी गराउँदै ज्ञापन पत्र प्रदान गरिएको हो । तदर्थ समितिले स्काउटिङको क्रियाकलाप र कार्यक्रमलाई सुदृढीकरण र विस्तार गर्दै लाने उद्देश्य लिएको छ । जिल्ला स्काउट कार्यालयलाई समन्वयकारी भूमिकासहित कार्यहरू सञ्चालन र सम्पादन गर्ने कार्यमा सहयोग पुर्याउने उद्देश्य लिइएको समितिका संयोजक वीरेन्द्रकुमार साहले जानकारी दिए । 

निवर्तमान जिल्ला आयुक्त÷संगठन आयुक्त ज्ञानु श्रेष्ठको रहोबरमा जेठ २५ गते तदर्थ समिति गठन गरिएको थियो । समितिको सदस्यमा शंकर भण्डारी, उमेशकुमार कार्की, ईश्वरराज अर्याल, शान्ति राई, प्रियंका भण्डारी, बब्लुकुमार साह, दीक्षा राई, वसन्ती थेबे, कविन श्रेष्ठ, राजबहादुर लिम्बू, सचिन राई, सुनिता राई, अनुपा प्रधानाङ्ग, प्रकाश राई, सूर्यकुमार सुनुवार, स्काउटर रोभरमा सन्तोष कोइराला रहेका छन् ।