पथरी । हेफर इन्टरनेशनल नेपालले मोरङको कानेपोखरी गाउँपालिकालाई साढें १२ लाख रुपैयाको स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको छ । आइतबार कोराना भाइरस संक्रमितको उपचारमा सञ्चालित आइसोलेसन सेन्टर र कानेपोखरी अस्पतालको लागि स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको हो ।

अभियान नेपालका प्रमुख एवंम् संविधानसभा सदस्य प्रेम गिरीले सो सामाग्री गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेलाई हस्तान्तरण गरेको छ । हेफरले अभियान नेपालद्धारा सहयोग हस्तान्तरण गरेको छ ।

हेफरले अक्सिजन कन्सनट्रेसन मेसिन २ थान, पोर्टेबल एक्स–रे मेसिन १ थान, लुज ग्लोब ९७ बक्स, सर्जिकल ग्लोब ३० बक्स, पिपिइ सेट ५५ र फोल्डिङ विरामी वेड(म्याटे«स, सिरानी, वेड कभर सहित) ७ सेट स्वास्थ्य सामाग्री प्रदान गरेको पालिकाको स्वास्थ्य संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए ।

अभियान नेपाल र दिगोपन सामाजिक उद्योमी महिला सहकारीको सहकार्यका सहयोग हस्तान्तरण कार्यक्रम भएको थियो । दिगोपन सामाजिक उद्योमी महिला सहकारी कानेपोखरीका अध्यक्ष उमा राना मगरले हेफरले प्रदान गरेको सामाग्री बाचन गरेका थिए । 

कार्यक्रममा पालिकाका उपाध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठ लगाएत उपस्थित रहेका थिए । पालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले यस्तो विपतको बेला गरेको सहयोगको प्रशंसा गर्दै धन्यवाद दिएका थिए ।

यसैगरी मोरङको सुन्दरहरैंचामा ७ लाख ५० हजार, बेलबारीमा ७ लाख ५० हजार र पथरीशनिश्चरेमा ५ लाख र झापाको अर्जुनधारामा ८ लाख गरी ४० लाख ५० हजार रुपैयाँ सहयोग रहेको अभियान नेपालका प्रमुख एवंम् संविधानसभा सदस्य प्रेम गिरीले बताए ।