सिरहा। सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.११ (सितापुर सोनी गाउँ) को मुखिया बस्तीमा निर्माण भएको सामुदायिक भवन बिहीबार उद्घाटन गरिएको छ ।

उत्त भवन १९ लाख रुपैयाँ लागतमा निर्माण भएको सामुदायिक भवनको मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवले उद्घाटन गरेका हुन् । 

मिर्चैया नगरपालिका वडा नं.११ का वडाअध्यक्ष कृष्ण कुमार हजामको अध्यक्षतामा आयोजित भवन उद्घाटन समारोहमा प्रमुख अतिथि मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादबको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा मिर्चैया नगरपालिकाका वडा ११ का वडासदस्यहरु लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, नगरवासी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।