कोभिड १९ कोरोना लकडाउनमा दैनिक मजदुरी गर्ने परिवारलाई खाद्यान्न सहयोग गर्ने युवाहरुको संख्या वराहक्षेत्रमा बढ्दै गइरहेको छ ।
यसै क्रममा वराहक्षेत्र २ का युवाको समूहले विपन्नलाई चामल राहत सहयोग उपलब्ध गराएका छन् ।
समूहले नगरपालिकाको वडा नं १ का १३ घरपरिवारलाई प्रति एक बोराका दरले चामल वितरण गरेका छन् । २ नं वडामा बुधबार २२ घरपरिवारलाई प्रति परिवार २५ केजीका दरले चामल उपलब्ध गराइएको छ
जनता समाजवादी पार्टी नेपालका सुनसरी जिल्ला सचिव प्रदीप कार्कीका अनुसार नगरको १, २ र ३ मा एक सय घरपरिवार अपांगता भएका विपन्न घरपरिवारलाई खाद्यान्न वितरण गरिने छ ।
आधा दर्जन बढी युवाहरु सहभागी राहत वितरण अभियानमा समूहका युवाले काँधमा बोकेर खाद्यान्न घरघरमा पु¥याएको स्थानीय युवा वाइसिएलका जिल्ला सदस्य तथा वराहक्षेत्र नगर इञ्चार्ज प्रेम घिमिरेले बताए ।
महामारीको समयमा युवाको सामाजिक कार्य सह्रानीय भएकाले आफू पनि सहभागी भएको स्थानीय विमल राईले बताए ।
अभियानमा हातेमालो गर्दै आएको सहभागी जसपा नेपालका केन्द्रीय सदस्य शिवबहादुर बस्नेतले बताए ।