यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा ७ सय १७ घरधुरीमा फुसको छानो मुक्त हुने भएका छन । नेपाल सरकार शहरी विकास मन्त्रालय अन्र्तरगत सघन शहरी तथा भवन निर्माण आयोजनाबाट ७ सय १७ घर फुसको छानो मुक्त गर्न लागिएको हो ।
गत आर्थिक वर्ष २०७६/०७७ मा ४० घर फुसको छानो मुक्त भएका थिए । यो चालु आर्थिक वर्ष २०७७/०७८ मा भने ६ सय ७७ गरी ७ सय १७ घर फुसको छानो मुक्त हुने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले बताए ।
उनका अनुसार गत वर्ष ४० घरधुरी फुसको छानो मुक्त भएको र यो वर्ष ६ सय ७७ मध्ये २ सय ८६ घरधुरीले पहिलो किस्ता प्राप्त गरेपछि जस्तापाता लगाएको बताए । बाँकी रहेका ३ सय ९१ घरधुरीलाई प्रकृयामा लगिएको भन्दै बजेटको सुनिश्चित भएपछि काम सुरु हुने अधिकारीको भनाइ छ ।
सुख्खाक्षेत्र समेत रहेको गाउ“पालिकामा वर्षादको पानी संकलन गर्न र आगलागीको जोखिम कम गर्न फुसको छानो बिस्थापन गर्नु पर्ने बाध्यता छ । कतिपय नागरिकले व्यक्तिगत लगानीमा जस्ता लगाएका छन् ।
भने अधिकाम्स नागरिक सरकारको अनुदान पर्खेर बसेका छन । गाउँमा सुख्खा मौसमले घर छाउँने खरको अभाव देखा परेको छ । यस्तो अवस्थामा सरकारको सहयोगमा जस्तापाता लगाउँन सफल भएको कुम्मायक—५ का छविलाल कार्कीले बताए ।
“सरकारले हामीलाई जस्तापाता दिएको छ । अव वर्षादको पानी संकलन गर्ने प्लाष्टिक पोखरी अनुदानमा दिए हुन्थ्यो । वर्षादको पानीले हिउदमा पशुचौपायलाई खुवाउँन सहज हुने थियो । उनले भने ।
गाउँपालिकाले जस्तापाताको लाभग्राहीमा परेका नागरिकलाई छनोट गरी प्रति घर धुरी ५० हजार रुपैयाँ दिदै आएको छ । दुई किस्ताको दरले नागरिकलाई रकम निकासा गर्न थालेपछि २ सय ८६ घरधुरीले जस्तापता खरिद गरी घर छाउँन थालेका छन ।
सरकारले गरिबीको रेखामुनी र प्रकोपका कारण घरविहिन भएका नागरिकलाई सुरक्षित आवास कार्यक्रम लागु गर्दै आएको छ । लामो समयदेखि पराल वा खरको छानाको घरमा बसोबास गर्दै आएका परिवारलाई जस्तापाताको छानामुनि ल्याउने गरी सुरक्षित नागरिक आवास कार्यक्रम संचालन हुदै आएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।
यो अभियानमा केन्द्र, प्रदेश र गाउँपालिकाले एकै साथ फुसको छानो मुक्त गाउँपालिका घोषणा गर्न काम गर्दै आएको बताए ।