बेलबारी/ बेलबारी ११ लक्ष्मीमार्ग निवासी देवराज जंग रसाइलीले लकडाउनका कारण अति पिडित बनेका वडाभित्रका गरिब, असाहाय, दृष्टिविन र नाजुक आर्थिक अवस्था भएका ३८ परिवारलाई खाद्यान्य राहत सामग्री सहित केही परिवारलाई नगद सहयोग गरेका छन् ।
लक्ष्मीमार्गका दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउदै आएका परिवारलाई लकडाउनको समयमा खान समस्या नहोस् भनेर सहयोय गरेको उनले बताए ।
खाद्यान्न चामल, दाल, तेल सहित नगद गरेर नगद ५१ हजार बराबरको सहयोग गरेको देवराजले बताए ।
फजुल खर्चबाट केहि रकम बचाएर सहयोग गर्ने कुरामा आफु पनि प्रेरित भएकोले गर्दा, अन्य साथीहरूलाई पनि आफु वरिपरि रहेका विपन्नका सहयोगका लागि प्रेरित हुन समेत आग्रह गरेका छन् ।
लक्ष्मीमार्ग स्थीत स्थायी बसोबास गर्ने देवराज काठमाण्डौँ स्थीत सुनचाँदीका गरगहनाको व्यापार गर्दै आएका छन् ।