सिरहा। सिरह जिल्लामा जेठ मसान्तसम्मलाई निषेधाज्ञा थप गरेको छ ।
जिल्ला १९ सङ्कट व्यवस्थापन समिति (डीसीएमसी) सिरहाको बैठकले सङ्क्रमणको जोखिम अझै कायमै रहेकाले जेष्ठ २१ गते राती १२ बजेदेखि ३१ गते १२ बजेसम्म १० दिनको लागि निषेधाज्ञा थप गरेको हो ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।
नियम उल्लङ्गघन गर्नेलाई यही स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम कार्यावाही गरिने छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले कोरोना महामारीलाई मध्यनजर गर्दै प्रहरी प्रशासनले जिल्ला भित्रमा काडाईका साथ प्रस्तुती भएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाबाट जारी गरिएको विज्ञप्तिमा हाट बजार,सभा सेमिनार,नाच गान,भिडभाड,सैलुन,होटल तथा विद्यालय सञ्चालन नगर्नै नगराउन आग्रह गरिएको छ ।
डीसीएमसी सिरहाले गत बैशाख ३१ गतेदेखि जेष्ठ २१ गते सम्मको लागि निषेधाज्ञा जारी गरेको थियो ।