विजयपुर /प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको ३ राजनीतिक दलका भादृ संगठनले विरोध जनाएका छन् । उनीहरुले विज्ञप्ति जारी गर्दै ओली दलित विरोधी भएको बताएका छन् ।
नेपाली कांग्रेस निकट नेपाल दलित संघ, माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चा र एमाले माधव नेपाल पक्ष मुक्ति समाजले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन् ।
नेपाल दलित संघका केन्दिय सदस्य रोहित विश्वकर्मा, दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य वविन्द्र रसाइली र मुक्ति समाजका केन्द्रिय सदस्य विमल रणपहेलीले हस्ताक्षर गरेको विज्ञप्तिमा दलित समुदायको मुक्तिदाता हुँ भन्ने नाटक प्रधानमन्त्री ओलीले गरेको उल्लेख छ ।
उनीहरु ३ जना नै भोजपुरदेखि केन्द्रमा प्रतिनिधित्व गर्छन् । विज्ञप्तिमा प्रधानमन्त्री ओलीले दलित समुदाय माथि भएका जघन्य अपराधको ढाकछोप गरेको आरोप छ । ओलीले दलित विरोधी काम गरेको पनि जनाएको छ ।
संयुक्त विज्ञप्तिमा अहिलेको सरकार संविधान विरोधी भएको कुरा पहिले नै पुष्टि भएको बताइएको छ । प्रधामन्त्री ओली र राष्ट्रपति विद्या भण्डारी संविधान विपरित काम गर्दै सत्ता टिकाउन र भ्रष्टाचारलाई प्रसय दिन लागेको उल्लेख गरेका छन् ।
त्यसैले संविवधान रहे मात्रै दलितका अधिकार सुनिस्चित हुने भन्दै संविधान रक्षाका लागि ओली कदमका विरुद्धमा लाग्न भोजवासीमा आह्वनसमेत गरेका छन् ।