विजयपुर / दोस्रो लहरको कोरोना भााइरसका संक्रमण भयावह भएपछि प्रशासनले जेठ–२२ गतेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्दै एक हप्ता थप गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोना भाइरसको ‘चेन ब्रेक’ गर्नका लागि जेठ–१ गतेदेखि पुर्ण लकडाउन  गरेको थियो ।

लकडाउन गरेपछि कोरोना भाइरस संक्रमणको  दर नियन्त्रण आएको जिल्ला प्रशासन कार्यालय सुनसरीको भनाइ छ ।

जिल्ला  प्रशासन कार्यालय सुनसरीका सूचना अधिकारी महेश कुमार पोखरेलले पुर्ण लकडाउन गरेपछि कोरोना भाइरस संक्रमण दर धेरै नै नियन्त्रण आएको बताए ।

उनले भाइरस नियन्त्रणमा आउन थालेकाले न्युनतम स्वास्थ्यका मापदण्ड पुरा गरे लकडाउनको मोडालिटि परिवर्तन बारे छलफल भइरहेको बताए ।

‘लामो समय लकडाउन भएकाले सर्वसाधरण समस्या पर्न थाले, सर्वसाधरणबाट नै लकडाउनको अवज्ञा हुन सक्छ, त्यसैले मोडालिटी परिवर्तनबारे छलफल भइरहेको छ ।’ –उनले भने ।  

काठमाडौं उपत्यकामा किराना पसलहरु बिहान ९ बजेसम्म खुला गर्ने निर्णय गरेको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले किराना पसल खोल्ने निर्णय गरेको हो ।

लकडाउन जेठ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको छ । काठमाण्डौँ उपत्यकामा पनि लकडाउनको मोडालिटी परिवर्तन गर्दै अत्यावश्यक खाद्य सामाग्रीहरुको पसल निस्चित समय खुल्न सक्छन् ।

तरकारी, फलफूल, खाद्यान्न, दुध डेरी, खानेपानी, ग्यास पसल, किराना पसल र डिपार्टमेन्ट स्टोर(ग्रोसरी मात्र) बिहान  ९ बजेसम्म खोल्न सक्ने जनाएको छ । सुनसरीमा पनि यही मोडालिटी लकडाउनलाई मोडालिटीका  विषयमा  छलफल भइरहेको अधिकारी पोखरेलले बताए ।