भण्टाबारी । कोशी गाउँपालीकाले प्रत्येक वडा वडामा सेनिटाइज गर्न थालेको छ ।
गाउँपालीका सेनिटाइज गर्ने अभियान मंगलबारबाट वार्ड नम्बर १ बाट सुरु गरिएको कोशी गाउँपालीकाको कार्यालयले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण भएर होम आइसोलेसनमा बसेकाहरुका साथै आठओटै वडालाई सेनिटाइज गरिने अभियान थालिएको कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए ।
अध्यक्ष अन्सारीका अनुसार कोरोना संक्रमणका कारण ज्यान गुमाएका, होम आइसोलेसनमा रहेकाहरुका साथै वडा वडामा सेनिटाइज गरिनेछ ।
कोशी गाउँपालीकाले दुईजना कर्मचारीको नेतृत्वमा सेनिटाइज गर्न टोलि खटाएको हो ।
तुलनात्मक रूपमा अन्य स्थानीय तहभन्दा कोरोना भाइरसको दोस्रो भेरिएण्टका संक्रमित कोशी गाउँपालीका क्षेत्रमा कम देखिएको छ ।