विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले कोरोना संक्रमण भएर उपचारमा समस्या भएका पत्रकारहरूका लागि कोरोना कोभिड समन्वय कोष स्थापना गरेको छ । महासंघले बिहीबारदेखि संचालनमा ल्याउने गरि कोभिड समन्वय कोष स्थापाना गरि संचालनमा ल्याएको हो ।
कोषमा महासंघका सल्लाहकार र कार्यसमितिको तर्फबाट ५१ हजार रुपैयाँ जम्मा गरिएको छ । कोषमा प्रदेश सरकारबाट प्राप्त हुने २ लाख पनि थप गरिने महासंघ अध्यक्ष सञ्जीव खनालले जानकारी दिए । महासंघले कोषमा सहयोगका लागि दाताहरूलाई पनि आह्वान गरेको छ ।
कोष सञ्चालन तथा व्यवस्थापनका लागि अध्यक्ष खनालको संयोजकत्वमा सल्लाहकार शकंर खरेल, सचिव नेत्र पी अधिकारी र कोषाध्यक्ष अभयकुमार राई सदस्य रहने गरि समिति गठन गरिएको महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कोरोना संक्रमणमा परेका सञ्चारकर्मीहरुलाई अस्पतालमा भर्ना तथा प्रदेश र स्थानीय सरकारसँगको समन्वयका लागि महासंघ अध्यक्ष खनालको संयोजकत्वमा ‘र्यापिड रेस्पोन्स टिम’ गठन गरिएको छ ।
समाचार संकलनतथा सम्प्रेषणका क्रममा संक्रमित हुने सञ्चारकर्मीहरूलाई तत्काल उपचारको प्रवन्ध मिलाउनका लागि प्रदेश नं. १ सरकार, स्थानीय सरकारहरूको महासंघले ध्यानाकर्षण गराएको छ ।