धरान । प्रेस चौतारी नेपाल धरान नगर कमिटिले सञ्चारकर्मीहरुलाई माक्स तथा सेनिटाइजर वितरण गरेको छ ।

कमिटिकले हिजो र आजगरी धरानका ९५ जना विभिन्न सञ्चार गृहमा आवद्ध सञ्चारकर्मीहरुलाई उक्त सामग्री वितरण गरेको हो । धरानका प्रत्येक सञ्चार गृह तथा निबासमा नै पुगेर सञ्चारकर्मीहरुलाई माक्स तथा सेनिटाइजर वितरण गरिएको नगर सह–संयोजक बसन्त बान्तवाले बताए । 

उनका अनुसार माक्स वितरणमा कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका सल्लाहकार तथा प्रेस चौतारी नेपाल १ नं. प्रदेश सदस्य सन्तोष काफ्ले, प्रेस चौतारी नेपाल १ नं. प्रदेश सदस्य उपेन्द्र चाम्लिङ, नेपाल पत्रकार महासंघ कतार शाखाका कार्यसमिति सदस्य खेमराज सुबेदीलगायतले वितरण गदै आफु सुरक्षित रहेर सुचना संकलन तथा सप्रेषण गर्न सुझाब दिए । 

यस्तै, चौतारीको टोलीले डिउटीमा रहेका सुरक्षाकर्मीहरुलाई समेत माक्स तथा सेनिटाइजर वितरण गरेको थियो । यस्तै, कमिटिले धरानमा रहेका सञ्चारकर्मीहरुलाई कोभिडबाट कुनै समस्या भए तत्काल खबर गर्न अनुरोध समेत गरेको छ ।

कोभिड लागेर समस्यामा परेका सञ्चारकर्मीहरुलाई उद्धार गरी अस्पतालसम्म पु¥याउने र आवश्यक सहयोग गर्न प्रेस चौतारी नेपाल तयार रहेको धरान नगर इन्चार्ज दामोदर गुरागाइले जानकारी दिए ।

‘कोभिड लागेका सञ्चारकर्मीहरुलाई कुनै समस्या भए हामीलाई खबर गर्नुस् आवश्यक सहयोग गर्न हामी तयार छौं’ उनले भने ‘पहिलो कुरा त जोगिएर सुचना सप्रेषणमा लाग्नुस् भन्न चाहान्छु ।’