वराहक्षेत्रको चक्रघट्टीमा मोटर साइकल अनियन्त्रित भई टिपरसँग ठोक्किंदा वडा नं. ८ बस्ने चन्द्रबहादुर थापा घाइँते भएका छन् । स्थानीय महेन्द्र गेट नजिक बुधबार भएको दुर्घटनामा थापाको दाहिने खुट्टामा चोट लागेको छ ।

बिहान अन्दाजी १० बजे चक्रघट्टीबाट बांगेबजार जांदै गरेको बा ५० प १७६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ७४४४ नम्बर को टिपरसँग जुधेको, इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक पांडव राजवंशीले बताए । 

मोटरसाइकललाई बचाउने हुँदा टिपर पल्टिएको थियो । टिपर चालक सुन्दर हरैंचा बस्ने वर्ष ४१ का गम्भीर उराँव सकुशल रहेका छन् । मोटरसाइकल चालक थापा स्थानीय मेडिकलमा उपचारपछि थापा डिस्चार्ज भएको निरीक्षक राजवंशीले बताए । 

दुर्घटनाको सम्बन्धमा दुबैलाई प्रहरी कार्यलयमा राखी सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएकोे छ ।