धनकुटा नगरपालिका वडा नं.५ स्थित बाल मन्दिरमा मंगलवार अपरान्ह करेण्ट लागेर १० वर्षिय एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुने बालक धनपा–५ स्थित धनकुटा वोर्डिङ्ग स्कुलमा कक्षा–४ मा अध्ययनरत वर्ष १० का सन्जोग श्रेष्ठ हुन । उनको आफ्नो घरमा करेण्ट लागेर मृत्यु भएको छिमेकी प्रकास राईले ब्लाष्टलाई बताए । 

अपरान्ह ५ वजेको समयमा आफ्नै घरको कोठामा लुज तारबाट प्लगमा वत्ति जोड्ने क्रममा करेण्ट लाग्दा सन्जोगको मृत्यु भएको राईले बताए ।

मृतक बालक धनपा–५ स्थित टुढिखेल नजिकै होटल सञ्चालन गर्दै आएका राजु श्रेष्ठका जेठा छोरा हुन् । घटनाको प्रहरीले पुष्टी गरेको छ ।

घटना लगत्तै उनलाई जिल्ला अस्पताल धनकुटाको आकस्मिक कक्षमा उपचारको लागी ल्याइए पनि उनलाई बचाउन सम्भव नभएको उपचारमा संलग्न एक डाक्टरले जानकारी दिए । उनको जिल्ला अस्पताल धनकुटामा वुधवार पोष्टमार्टम गरी सनाखत गरिएको छ ।