मोरङ । आइतबार बिहान पानीसहित परेको चट्याङमा परी मोरङको छुट्टा(छुट्टै स्थानमा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

आइतबार बिहान ९ः४५ बजे रंगेली नगरपालिका १ हाटखोला का ३० बर्षीय प्रबिन माझीको चट्याङमा परी मृत्यु भएको छ । 

उनी बारीमा काम गरिरहेको अवस्थामा चट्याङ्ममा परी गम्भिर घाइते भएका उनको रंगेली अस्पतालमा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

त्यस्तै बिहान साढे ९ बजे मोरङकै जहदा गाँपालिका ६ पोखरिया का  ४५ बर्षीय मुक्तर मिया अन्सारी र निजकै श्रीमती २६ बर्षीया जाननारा खातुनलाई आफ्नै घरमा बसि रहेको अवस्थामा चट्याङको झट्का लागि घाइते भएका हुन् । 

उनिहरुको कोशी अस्पताल बिराटनगरमा उपचार भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।