ब्लाष्टखबर । ट्याकटर र माेटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।
कृत्यु हुनेमा गढवा गाउँपालिका ६ घोराहा निवासी ६० वर्षीय तिखाराम चौधरी रहेकाे इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।
कार्यालयका अनुसार गाउँपालिकाकाे ७ नम्बर वडामा रहेकाे बालापुर स्थित सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ आइरहेको रा १ त २४५० नम्बरको ट्र्याक्टर र पश्चिमतर्फ गइरहेको रा ५ प २०९८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएकाे थियाे ।
दुर्घटनामा परी मोटरसाइकल चालक गढवा–७ मानपुर निवासी ४८ वर्षीय चूडामणि पौडेल घाइते भएका छन्। उनकाे लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि घोराही लगिएको छ। ठक्कर दिने ट्र्याक्टर र चालक दुबै प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।