धरान । गीतकार किरण टी लिम्बूको गीत ‘आधी–आधी’को भिडियो सार्वजनिक भएको छ ।  गीतकार लिम्बूको एल्बम ‘भावनाका फूलहरु –२’ मा समावेश रहेको गीतको सांगीतिक भिडियो सार्वजनिक भएको हो ।

बादल लिम्बू र अमृता लिम्बूको स्वर रहेको गीतमा तारा प्रकाश लिम्बूको सङ्गीत रहेको छ । दिपेन्द्र केसीको निर्देशन रहेको भिडियोमा सन्तोष बानियाँ र अनिशा पौडेलको अभिनय रहेको छ । ओएसआर डिजिटलको को ब्यानर अनि स्नोफल डिजिटल इन्टरटेन्मेन्टको निर्माणमा सङ्गीत एरेञ्जर साहस शाक्य, चन्द्र चौधरीको मिक्सिङ्ग र निरज भुसालको छायाङ्कन रहेको छ ।

भिडियो  :