सुनसरी दुहबी नगरपालिका ११ तनमुनामा थ्रेसरबाट आगलागी हुँदा लाखौको धनमाल क्षति भएको छ ।
प्रहरीका अनुसार आज दिउँसो साढे ११ बजे सोमलाल माझीको घर आँगनमा थ्रेसरबाट गहुँ झारी रहेको अवस्थामा अचानक आगलागी भएको थियो । आगलागी हुँदा प्र.–१–००२–००३ त १२५७ नम्बरको ट्याक्टर, थ्रेसर र माझीको घर तथा घरमा रहेका सरसामान, अन्नपात जलेको थियो । आगलागीका कारण १९ लाख बराबरको धनमाल क्षति भएको माझी परिवारलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ ।
दमकल, प्रहरी र स्थानीयको सहयोगमा दिउँसो साढे १ बजे आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको छ । आगो निभाउने क्रममा स्थानीय ४७ वर्षीय राजेन्द्र शाह घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।