देशका अधिकांश भू–भागमा आज आंशिकदेखि सामान्य बदली रहने मौसम विभागको अनुमान छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आज दिउँसो आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।

ठूलो पानी परेपछि तथा हावाहुरी चलेपछि वायु प्रदूषण हट्ने वातावरण विभागले जनाएको छ । देशका धेरै ठाउँमा लागेको डडेलोका कारण वायु प्रदूषण उच्च भएको हो ।

देशका पहाडी भू–भागका थोरै स्थानमा अपरान्हपछि मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा अपरान्ह्पछि छिटफुट वर्षाको सम्भावना रहेको छ । ठूलो पानी नपर्दा लामो समयदेखि लागेको तुँवाले हट्न सकेको छैन । 

उच्च वायु प्रदूषणका कारण आँखा पोल्ने, नाक पोल्ने जस्ता समस्या देखिने गरेको छ । काठमाडौं उपत्यकामा रहेको वायु प्रदूषण साँझसम्म केही कम हुने मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।