मोरङ सुन्दरहरैचा ७ गोठगाउँका २६ वर्षीय विनोद घिमिरेको करेन्ट लागी मृत्यु भएको छ ।
आइतबार बेलुका साढे ४ बजे छिमेकीको घरमा बिजुलीको वाइरिङ गर्ने क्रममा करेन्ट लागी घाइँते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।