आफैंले चलाएको मोटर साइकल दुर्घटना हुँदा लेटाङमा एक जनाको ज्यान गएको छ ।
मोरङ लेटाङ ९ का ४५ वर्षीय रवीन्द्रकुमार लिम्बूको आफैले चलाएको मोटरसाईकल दुर्घटना हुँदा मृत्यु भएको हो ।
आइतबार राति साढे १२ बजे लेटाङ ९ पारुहाङ चोकस्थितमा मे९प ९५१ नम्बरको आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाइते भएका चालक लिम्बूको विराट अस्पताल विराटनगरमा उपचारको क्रममा आज सोमबार बिहान ४ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।