मोरङ। लेटाङ ९ का ४५ बर्षीय रबिन्द्र कुमार लिम्बुको आफैले चलाएको मोटरसाईकल दुर्घटना हुँदा मृत्यु भएको छ ।

गत राती साढे १२ बजे लेटाङ ९ पारुहाङ चोक स्थितमा मे९प ९५१ नम्बरको आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका चालक लिम्बुको बिराट अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।