ब्लाष्टखबर । इटहरीमा टिपरकाे ठक्करबाट वृद्धकाे घटनास्थलमै मृत्यु भएकाे छ । 

उपमहानगरकाे १ नम्बर वडा स्थित गंगा मार्गमा धरानबाट इटहरी तर्फ आउँदैगरेकाे प्रदेश १ –०२–००१ ख ८६६५ नम्बरकाे टिपरकाे ठक्करबाट स्थानिय पैदलयात्री ७२ वर्षीय कर्णबहादुर गुरूङकाे घटना स्थलमै मृत्यु भएकाे ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । 

कार्यलयका अनुसार बाटाे काट्ने क्रममा वृद्धलाई टिपरले ठक्कर दिएकाे  हाे । टिपरकाे ठक्करबाट वृद्धकाे मृत्यु भएपछि त्यहाँका स्थानियहरूले सडक अवरूद्ध गराएका छन् ।