संखुवासभा । एशियन लाइफ इन्सोरेन्स कम्पनीले मृत्यु दाबी वापत २ लाख ७२ हजार ९ सय ३६ रुपैयाँ बीमितको घरैमा पुगेर भुक्तानी गरेको छ । खाँदबारीका विमित योगेश राईको घरमा नै पुगेर विमा तथा बोनस रकम हस्तान्तरण गरेको हो । 

एशियन लाइफ इन्सोरेन्सको खाँदबारी उपशाखाले बीमित खाँदबारी नगरपालिका १ स्थित सुनडाँडा टोलका ३८ बर्षिय योगेश राईको घरमै पुगेर शनिबार २ लाख ७२ हजार ९ सय ३६ रुपैयाँको चेक रकम प्रदान गरेको हो ।

बीमित राईको गत फागुन १ गते निधन भएको थियो । राईले चार बर्ष अगाडी एसियन सावधिक विमा योजना अन्तर्गत २ लाख २१ हजारको जीवन बिमा गराएका थिए । उनले १५ हजारका दरले चार किस्तामा ६० हजार रकम बुझाएको थियो ।

कम्पनीेले बीमाङ्क रकममा बोनस थपेर भुक्तानी गरेको हो । उनको हकदारको रुपमा १३ बर्षिय छोरा मन्दिप राईलाई राखेका थिए । इन्सोरेन्सले छोराको नाममा रकम भुक्तानी गरेको हो । श्रीमती सुनमाया राई, छोरा मन्दिप राई र छोरी एत्रा राईलाई घरमा नै गएर चेक रकम हस्तान्तरण गरेको हो । 

एशियन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड खाँदबारी उपशाखाका प्रबन्धक बाल कुमार श्रेष्ठ र कम्पनीका व्यसवसायिक प्रवद्र्धक इन्चार्ज सरोज राई राई चेक हस्तान्तरण गरेका थिए । प्रवद्र्धक राईले योगेशका पत्नी सुनमायालाई चेक प्रदान गर्दै बीमा बचतको साथै सुरक्षा पनि हो । त्यसैले सबैलाई सुरक्षित भविष्यको लागि विमा गर्नुपर्ने बताए ।