किरात राई यायोक्खा (किराया) धरान उपमहानगर कार्य समितिको आयोजनामा १५ दिनसम्म सञ्चालित साकेला सिली र ढोल बजाउने तालिम औपचारिक कार्यक्रमका बीच सम्पन्न भएको छ । 

धरान नगरका प्रारम्भिक कार्यसमितिबाट आएका ७४ प्रतिनिधिले साकेला सिली र ढोल बजाउने तालिम लिएको नगर अध्यक्ष लोकेन राईले जानकारी दिए । 

सहभागीलाई मानव जाति जन्मेदेखि मृत्युसम्म झल्काउने सिली र पशुपन्छी जनावरको हाउभाउ प्रदर्शन गर्ने सिलीको सीप प्रदान गरिएको प्रशिक्षक महेश्वर राईले जानकारी दिए । 

kry_Sunsari_1.jpeg

चैत्र १४ गतेदेखि आजसम्म यलम्बर संग्राहलय भवन धरान १० मा  १५ दिन प्रशिक्षण लिएका सहभागीलाई धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईले प्रमाणपत्र प्रदान गरे । 

प्रमुख अतिथि नगर प्रमुख राईले संस्कार, संस्कृति पुस्तान्तरण हुनुपर्ने बताए । उनले संस्कृतिलाई छेडछाड गर्न नहुने बताए । ‘नक्कल मात्रले पर्याप्त हुँदैन, सैद्धान्तिक ज्ञानसमेत लिनुपर्छ,’ किरात राई यायोक्खाका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका नगर प्रमुख राईले भने,‘विभिन्न वर्ग, समुदायको संस्कार, संस्कृतिको जगेर्ना गर्न र उन्नयनमा लाग्न नगर सरकार प्रतिबद्ध छ ।’

तस्बिरहरु (ब्लाष्ट/ उपेन्द्र चाम्लिङ) 

kry_Sunsari_2.jpeg

kry2

kry3

kry4

kry5

Kirat_Rai_Yayokkha_Dharan_Sunsari_1

Kirat_Rai_Yayokkha_Dharan_Sunsari_2

Kirat_Rai_Yayokkha_Dharan_Sunsari_3

Kirat_Rai_Yayokkha_Dharan_Sunsari_4

Kirat_Rai_Yayokkha_Dharan_Sunsari_5

Kirat_Rai_Yayokkha_Dharan_Sunsari_6

Kirat_Rai_Yayokkha_Dharan_Sunsari_7

Kirat_Rai_Yayokkha_Dharan_Sunsari_9

Kirat_Rai_Yayokkha_Dharan_Sunsari_10

Kirat_Rai_Yayokkha_Dharan_Sunsari_11

Kirat_Rai_Yayokkha_Dharan_Sunsari_12

Kirat_Rai_Yayokkha_Dharan_Sunsari_13

Kirat_Rai_Yayokkha_Dharan_Sunsari_14

Kirat_Rai_Yayokkha_Dharan_Sunsari_15

Kirat_Rai_Yayokkha_Dharan_Sunsari_17

Kirat_Rai_Yayokkha_Dharan_Sunsari_18

Kirat_Rai_Yayokkha_Dharan_Sunsari_19

Kirat_Rai_Yayokkha_Dharan_Sunsari_21

Kirat_Rai_Yayokkha_Dharan_Sunsari_20