ब्लाष्टखबर । धनकुटामा  जिप दुर्घटना हुँदा  जिपमा सवार ५ जना घाइते भएका छन् । 

आज बिहान  धनकुटा नगरपालिकाकाे ६ नम्बर वडा स्थित दिपा चाेकमा काे १ ज २४०६ नम्बरकाे जिप दुर्घटना हुँदा ५ थर जाेरपाटी गाउँपालिका ३ का ३३ वर्षीय चालक कुमार लिम्बु, ४५ वर्षीय मनकुमारी लिम्बु , २२ वर्षीय रिङ्की लिम्बु  छथर जाेपाटी गाउँपालिकाकै वडा नम्बर ४ का ४४ वर्षीय हिम कुमार भट्टराइ र २७ वर्षीय सुन्दर लिम्बु घाइते भएकाे धनकुटाका प्रहरी प्रमुख गाेविन्द अधिकारीले जनाएका छन् । 

उनका अनुसार घाइते चालक कुमार लिम्बुलाइ उपचारका लागी धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठान ल्याइएकाे छ भने बाँकी  चारजनाकाे जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेकाे छ ।  

गाउँपालीकाकाे चुलाचुलीबाट इटहरी तर्फ आउँदै गरेकाे उक्त जीप ब्रक फेला भएर दुर्घटना भएकाे हुनसक्ने प्रहरीकाे अनुमा छ ।