मोरङ । मोरङको सुन्दरहरैचा गोठगाउँस्थित पूर्व पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

मङ्गलबार दिउँसो १ बजे पश्चिमतर्फ जाँदै गरेको ना४ख ७३२३ नम्बरको ट्रकलाई प्रदेश१-०२-०४३प ३७९५ नम्बरको मोटरसाइकलले ओभरट्याक गर्ने क्रममा ट्रकसँग ठक्कर खाई दुर्घट्ना हुँदा मोटरसाइकलको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुन्दरहरैँचा १२ का ३५ बर्षीय महेन्द्र थापा गम्भिर घाइते भएका थिए । उनको सोही दिन बेलुका ५ बजे उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

ट्रक र ट्रक चालक मकवानपुर हटौडा  ७ बस्ने ३२ बर्षीय निल कुमार तामाङ नियन्त्रणमा रहेको प्रहरी कार्यालयले जनाएको छ ।