विजयपुर / खानेपानी अभाव भएपछि उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाउन उपमहानगरको गेटमा पुगेका सर्वसाधरणको ज्ञापन पत्र बुझ्न प्रमुख तिलक राई र उप प्रमुख मञ्जु भण्डारी सुवेदी नआएपछि नारावाजी गरेका थिए ।

उनीहरुले सर्वसाधरण समस्या राख्न आउँदा प्रमुख र उप-प्रमुख भागेको भन्दै ‘भगौरे मेयर’ ‘भगौरे उपमेयर’ भन्दै नारावाजी गरेका छन् ।

उनीहरुले नेपाल खानेपानी संस्थानलाई धरान खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गरेपछि धरानका प्राय वडाहरुमा खानेपानीको अभाव भएको छ । खानेपानी अभाव भएपछि सर्वसाधरण आन्दोलित भएका छन् ।

सर्वसाधरणले आज संस्थानलाई बोर्डमा मर्ज गरेपछि विगतमा भन्दा खानेपानी अभाव भएको भन्दै उपमहानगर अगाडि आन्दोलन गरेका छन् ।