देउराली । संखुवासभा जिल्लाकाे धर्मदेवी नगरपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तिमा १८ जना घाइते भएका छन् । 

४ण जना भन्दा बढी यात्रु बाेकी मादि नगरपालिकाबाट धरान तर्फ आउँदै गरेकाे काे १ ख २८२४ नम्बरकाे शुभम डिलक्स  बस धर्मदेवी नगरपालिका–४ को दोभान रिसोर्ट नजिकै बगरमा दुर्घटना भएकाे मादि नगरपालिकाका मेयर  विदुर लिङ्थेपले जनाएका छन् । 

उनका अनुसार दुर्घटनामा घाइत भएकाहरूलाई  गुल्म नम्बर ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरसहितको सुरक्षाकर्मीले उद्दार गरी धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा घाइतेहरू मध्ये १८ जना  उपचारकालागी ल्याइएकाे छ । 

अन्य केहि घाइते भने  स्थानिय हेल्पिङहेन्ड सामुदायिक अस्पतालमा उपचार भइरहेकाे छ ।  सडकबाट २० मिटर भन्दा तल खसेकाे बसकाे स्टेरिङ् फेल भएर दुर्घटना भएकाे बताइएकाे छ  । 

चालक धरान १५ का अन्दाजी वर्ष ५४ का विष्णु रसाईली इलाका प्रहरी कार्यालय चैनपुरकाे नियन्त्रणमा रहेकाे उक्त कार्यालयले जनाएकाे छ । 

167153714_3974385435945234_4081276055994796937_n

167848891_3974387455945032_4850671715826457093_n