विराटनगर । नेपाल सोनार समाज सेवा समितिले होलीको अवसर पारेर होली मिलन कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा शनिबार होली मिलन कार्यक्रम आयोजना गरेको हो ।
विराटनगर महानगरपालिको प्रमुख भिम पराजुलीको प्रमुख अतिथिमा भएको कार्यक्रममा नेपाली काँग्रेस मोरङका युवा नेता तथा नेपाल वैश्य युवा संघ मोरङ्ग सल्लाहकार राजेश गुप्ता, नेपाली काङ्ग्रेस नगर कार्यवाहक सभापति अरुण न्यौपाने, नेविसंघ पूर्व सहमहामन्त्री कृष्ण कार्की, नेपाल वैश्य युवा संघ मोरङ अध्यक्ष तथा एल पि ग्यास बिक्रेता संघ मोरङका अध्यक्ष गणेश कुमार साह, सल्लाहकार सियाराम रौनियार, विराटनगर ९ का वडाअधयक्ष बिश्वनाथ भगत, वडासदस्य नेपाल वैश्य युवा मोरङ्ग महासचिव सन्तोष साह, नेपाल सोनार सेवा समाजका उपाध्यक्ष सुरेन्द्र साह, दिपेन्द्र स्वर्णकार, सचिव नारायण स्वर्णकार, सह–सचिव सन्जय सोनि, सहकोषाध्यक्ष भोला साह, दिनेश कुमार साह, कामेश्वर साहलगायतको उपस्थित रहेको थियो । महेश कुमार साहको सभापतित्वमा उक्त कार्यक्रम भएको थियो ।

































