प्राचीन हरिद्वार चतराधामस्थित प्रथम जगद्गुरु पीठमा प्राचीन शैलीको हिटी (ढुङ्गेधारा) निर्माण गरिने भएको छ ।
काठमाडौं बाहिर पूर्वमा पहिलोपटक श्रीराधा सर्वेश्वर हिटी शिलान्यास गरिएको छ । बुधबार काठमाडौंका कवि, साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले गरे । पीठको मुख्य भवनपरिसरमा लिच्छवी र मल्लकालीन शैलीको इँटा डाँची अप्पा प्रयोग गरी १२ फिट क्षेत्रफलको निर्माण गरिने भएको छ ।
८ लाख रुपैयाँको लागतमा हिटी बनाइने, हिटीका निर्माण संयोजक तथा विश्व हिन्दु परिषद्का अध्यक्ष देवराज अधिकारीले बताए । परिषद्को सक्रियतामा जनताको चन्दा सहयोगबाट बन्ने हिटीलाई प्रमुख अतिथि नरेन्द्र श्रेष्ठ र उनकी धर्मपत्नी निरु श्रेष्ठले आमा शुभद्रादेवी र बुबा पूर्णबहादुर श्रेष्ठको स्मृतिमा ३१ हजार रुपैयाँ, विश्व हिन्दु परिषद्का अध्यक्ष देवराज अधिकारीले २१ हजार रुपैयाँ चन्दा दिएका छन् ।
त्यस्तै २० जनाले जनही २१ हजार दान दिएको अध्यक्ष अधिकारीले बताए । हिटीको दुवैतर्फ बगंैचा पनि बनाइनेछ । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, परिषद् अध्यक्ष अधिकारी र पीठका महासचिव प्रह्लाद भट्टराई पहरेदारले विगत ५ वर्षदेखि प्रकाशन भइरहेको जगद्गुरु पीठ–सन्देश त्रैमासिक पत्रिका र भित्तेपात्रोको विमोचन गरे । हिटीको उद्घाटन वैशाख ३१ गते डा. भोला रिजालबाट गरिने अधिकारीले बताए ।