भद्रपुर। झापाको दमकमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
शनिबार साँझ साढे ५ बजे दमक नगरपालिका.४ चिया बगानस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ क १०८२ न.को टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०४४प ८१३३ न.को मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको को२८प ११३६ न.को अर्को मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ठक्करबाट प्रदेश १–०२–०४४ प ८१३३ न.को मोटरसाइकल पछाडि सवार मोरङ रतुवामाई .८ का २४ वर्षिय अनिष कोईराला गम्भीर घाईते भई उपचारको लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्लाका डिएसपी राकेश थापाले जनाए ।
उनको शव लाईफलाईन अस्पताल दमकमा राखिएको छ । त्यसैगरी प्रदेश १–०२–०४४प ८१३३ न.को मोटरसाइकल चालक रतुवामाई ८ का २३ वर्षिय निरन बस्नेत र सोही मोटरसाइकल पछाडि सवार १८ वर्षिय हर्षित बाँस्तोला गम्भिर घाइते भएको थापाले जानकारी दिए ।
उनीहरुलाइ थप उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटल पठाइएको उनको भनाइ छ । त्यसैगरी को २८प ११३३ न.को मोटरसाइकल चालक मोरङ उर्लाबारी ८ का ४० वर्षिय तुलाराम ढुङ्गाना र पछाडी सवार ८५ वर्षिय शिवलाल ढुङगाना घाइते भइ निम्स अस्पताल दमकमा उपचार भईरहेको प्रहरीको भनाइ छ ।
दुर्घटनापछि टिपर चालक दमक ४ का ४९ वर्षिय प्रकाश तामाङलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको जनाइएको छ ।