भरौल।अमहा सामुदायिक वन उपभोक्ता समूह बराहक्षेत्र नरपालिका वार्ड ४/५ को भारी मतले भोजराज घले शनिबार ४५३ अंकले विजय भएको छ ।
घलेको प्रति द्वन्दीमा बराहक्षेत्र वार्ड नम्बर ५ निवासी सुनिल गुरुङले १३२ अंक ल्याएर पराजित भएको थियो ।
चुनाव विहान ८ वजेदेखि वेलुका ४ वजे सम्म भएको थियो । बराहक्षेत्र वार्ड नम्बर ५ निवासी पुर्व अध्यक्ष भोजराज घले मयुर चुनाव चिन्ह लिएर उठेको थियो भने अर्का सुनिल गुरुङ मयुर चिन्ह लिएर चुनाव प्रतिस्पर्धा गरेको थियो ।
वार्ड नम्बर ४/५ मा १४०७ घुरधुरि मत दाता सदस्य संख्या रहेता पनि कार्ड रिनो ६२४ जना रहेको निर्वाचन समितिका संयोजक लक्ष्मण चौधरी बताए । चुनावलाई पारदर्शी वनाउन दुइवटा मत पेटिका बनाएको थियो । मत पेटिका १ नम्बरमा ३११ जना भोटर सख्या मध्ये २९८ जनाको भोट खसेको थियो । १ नम्बर बाट हरिण चिन्ह भोजराज घलेले २१३ मत ल्याएको थियो भने गुरुङ ८० मत मात्र ल्याएको थियो ।
पेटिका २ नम्बरमा ३१५ मत सख्या मध्ये ३०२ जनाले मतदान गरेको थियो । जस्मा घलेले २४० मत ल्याएको थियो । गुरुङ ५२ अंक मात्र मत ल्याएको संयोजक चौधरी बताए । मतदानमा १५ जनाको मत वदर भएको थियो ।
चुनावमा प्रत्येक घरका सदस्य रहेका एक जना परिवार सदस्यले चुनावमा मत दिने नियम रहेको निवार्चन सदस्य सचिव कृष्ण ढकालले बताए । सदस्य काम विसेशले बाहिर भएको अबस्थामा घरको सदस्यले नाता प्रमाण पेश गरेको खण्डमा मत दिने प्रवधान रहेको ढकालले बताए ।
चुनाव धादली रहित सभ्य होस भनेर हामी निर्वाचन सदस्य कासिराम चौधरी, मोहन वराल, निर्मला गुरुङको समुह कानुन परामर्शको लागि वकिल, जिल्ला वन डिभिजन वन कार्यालय विधि प्रक्रियाको लागि ठाउँ ठाउँमा पुगेर नियमकानुन बुझेर यो चुनाव गराए निवार्चन सदस्य सचिव ढकालले जानकारी दिए ।
चुनावलाई मर्यादित दिन बनाउ भरौल प्रहरी चौकी, चक्रघट्टी अस्थायी प्रहरी चौकी नडहा, सस्सत्र प्रहरी वल चतरा वेस क्याम्प, सशस्त्र वन शुरुक्षा पोस्ट तरहरा कार्यालय, तरहरा बाट सुरक्षा दिन खटिएको भरौल प्रहरी चौकी कालाबन्जरका प्रमुख असाई खेमवहादुर श्रेष्ठले बताए । चुनाव अवधिभर कुनै किसिमका नराम्रो बल जफत नभएको असाई श्रेष्ठले बताए ।