बिर्तामोड/ हात्तीको आक्रमणबाट झापामा दुई युवक घाइते भएका छन्।
बुधबार बिहान करिब ६ बजेतिर हात्तीले आक्रमण गर्दा उनीहरू घाइते भएका हुन्
इलामको माइ नगरपालिका १० का विजय खाती गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ।
झापाको अर्जुनधारा नगरपालिका वार्ड नं १ सिस्नेका १९ बर्षिय मिलन कार्कीडोली पनि सामान्य घाइते भएका छन्।
बुद्धशान्ति गाउँपालिका वार्ड नं २ को बिरिङ खोलामा बिन्दुली बाँध नजिकै उनीहरूलाई हात्तीले आक्रमण गरेको थियो।
इलाका प्रहरी कार्यालय बुधबारेका सई निराजन कटुवालका अनुसार हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका खातीलाई उपचारका लागि बिर्तामोडमा रहेको विर्तासिटी अस्पताल लगिएको छ।
दुवै जना ढुंगारगिटी ढुवानीमा मजदुरको रुपमा काम गर्दै आएका थिए।
































