धरान/ धरान-१५ स्थित श्यामचोकमा दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान-५ देउरालीका ३५ बर्षीय किशोर बिक रहेका छन् । सोमबार राती ८ः१५ बजे को १ ह ७८५९ नम्बरको सिटी सफारीले ठक्कर दिई गम्भीर घाइते बनाएको थियो ।
घाइते बिकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
सफारी चालक धरान-१५ का ४३ को मान बहादुर लिम्बु र सफारी प्रहरी नियन्त्रणमा रहेका छन् ।
चालकको साथमा सवारी चालक अनुमति पत्र नभएको तथा लापरवाहीको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।