खोटाङ। खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका -३ बाम्राङ बस्ने ४२ बर्षीया उर्मिला थापाको रुखबाट लडेर मृत्यु भएको छ ।
आइतबार बेलुका ४ बजे घर नजिकै आफ्नै बारीमा रहेको दुधिलोको रुखको घाँस झार्ने क्रममा रूखबाट लडी घाइते भएकी थापाको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा बेलुका ६ः३० बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।