यासोक । ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिकाका अग्नी पीडितलाई पाँचथरको कुम्मायक गाउँपालिकाका युवाहरुले आर्थिक सहयोग गरेका छन् । गाउँपालिकाको वडा नम्बर ३ स्थीत दोभान बजारका अग्नी पीडितलाई युवाहरुले सहयोग गरेका हुन । 

अग्नी पीडितलाई गाउँपालिकाले एकद्धार प्रणालीबाट राहत बितरण गर्ने भएपछि युवाहरुले संकलन गरेको ६० हजार ९ सय ५५ रुपैयाँ गाउँपालिका अध्यक्ष गणेश चोम्वाङलाई हस्तारण गरेका छन ।

उद्योग बाणिज्यसंघ शाखा यासोकका निर्वतमान अध्यक्ष नरेन्द्र बोहोराको नेतृत्वमा गएको टोलिले एक कार्यक्रमको अयोजना गरी रकम हस्तान्त्रण गरेको हो । आफुहरुले गाउँपालिकाका कर्मचारी, व्यवसायी र संघ सस्थाबाट रकम सङकलन गरी पीडितलाई बितरण गरेको उनले बताए

आर्थिक सहयोग रकम बुझदै मेरिङदेन गाउँपालिका अध्यक्ष गणेश चोङवाङले अग्नी पीडितको घाउमा मलम पट्टी लगाउँन सहयोग गरेको भन्दै प्रशंसा गरेका थिए । उनले धेरै टाढाको स्थानबाट सहयोग जुट्ने क्रम बढेकाले यो सहयोगले पनि अग्नी पीडितको व्यवस्थापन गर्न थप सहज भएको बताए ।

राहत बितरण कार्यक्रममा उद्योग बाणिज्य संघ शाखा यासोकका संस्थापक अध्यक्ष गोपाल पोख्रेल, मेगा बैङक शाखा यासोक शाखाका प्रमुख छत्रपती निरौला, निगाले कृषि सहकारी संस्थाका अध्यक्ष महेन्द्र खड्का, कुम्मायक स्पोटिङ क्लबका सचिव खेमराज निरौला लगायतको उपस्थीति रहेको थियो ।