राष्ट्रिय गौरवको परियोजनाको रुपमा संचालन भैरहेको कोशी कोरिडोर (२२० केभी नेपाल विधुत प्राधिकरण) ले क्षतिपूर्ति नदिएको यहाँका एक परिवारले गुनासो गरेका छन् । 

जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं.६ कटहरेका बाबुराम राईले कोरिडोरले आफ्नो घर नजिकैबाट जबर्जस्ती विद्युतको पोल गाडेर तार टाँगेर लगेको भन्दै यस्तो गुनासो गरेका हुन् ।

राईले आफ्नो घर नजिकै पोल नगाड्न र प्रसारण लाइन विस्तार नगर्न पटक–पटक अनुरोध गर्दा पनि स्थानीय प्रशासनले एक हप्तासम्म शसस्त्र र जनपथ प्रहरी ढुक्कै राखेर जबर्जस्ती काम गरेको बताए । 

koshi_coridor_dhankuta1

परियोजनाका मुख्य व्यक्ति सोम पौडेल, इञ्जिनियर शत्रुधन यादव र जिल्ला प्रशासन कार्यालय धनकुटामा लिखित निवेदन दिंदा पनि सुनुवाई नभएको पीडित बाबुराम राईको परिवारले ब्लाष्टसँग गुनासो गरेका छन् । 

राईको ८५ वर्षीया वृद्ध आमा श्यामश्वरी राईसहित ९ जनाको परिवार हाल उक्त घरमा बसोबास गरिरहेका छन् । विद्युतको पोल गाडेको स्थान र दुरी घरको छेउ देखि ५ मिटर पनि टाढा छैन । 

५०–६० वर्षदेखि कटहरेमा बसोबास गरिहेका राईको जम्मा ५ रोपनी जग्गा स्वर्गीय बुवा नरधे राईको नाम रहेको बाबुरामले बताए ।

koshi_coridor_dhankuta2

जसमध्ये कोरिडोरलाई १४ आना जग्गा पोल गाड्न दिएका थिए । शुरुमा पोल गाड्न जग्गाको विषयमा कुरा मिलाउँदा घर छेउमा नपर्ने र कुनै किसिमको असर नगर्ने भने पनि अहिले घर देखि ५ मिटरको दूरीमा जबर्जस्ती पोल गाड्दा समस्या उत्पन्न भएको पीडित राईको गुनासो छ । उनीहरुले १४ आना जग्गा परियोजनालाई पोल गाड्न दिए वापत २ लाख ६५ हजार रुपैयाँसमेत मुआब्जा लिएका छन् । 

बाबुरामका छोरा रमन राईले भने– ‘आफू वैदेशिक रोजगारीमा गएको बेला घरका आफ्नो सोझासिधा आमाबुवालाई कोशीकरिडोरले फसाए छन ।’ 

आफू विदेशबाट आएर पनि पटक–पटक सिडियो कार्यालयमा र परियोजनाका आधिकारिक मान्छे सोम पौडेलसँग कुरा राख्दा पनि सुनवाई नगरी प्रहरी लगाएर दबाब दिएर काम गरेको रमनको गुनासो छ । 

koshi_coridor_dhankuta3

अहिले उनको ९ जनाको परिवार बस्ने घर, वस्तुभाउ पाल्ने कटेरो, ग्वाली, भान्सा घर र खेतीपाती गर्ने करिव ४ रोपनी २ आना जग्गा हाइटेन्सन लाइनको मुनि पर्छ । हटाएर राहात दिनु त परै जावस् उल्टै पुलिस लगाएर बोल्न समेत नदिएर जबर्जस्ती काम गरेपछि बाध्य भएर ब्लाष्टको  कार्यालयसम्म आइपुगेको बाबुरामका छोरा रमन राईले बताएका छन् ।

जबर्जस्ती पेलेर परियोजनाले काम गरेपछि अहिले राई परिवार सरकारसँग न्याय खोजी रहेका छन् ।

 परियोजना हेर्ने मुख्य व्याक्ति सोम पौडेलले भने आफूहलाई करिडोर कार्यालयको सर्भेक्षकले दिएको रिपोर्टनुसार बाबुरामको घरलाई क्षतिपुर्ति दिनु नपर्ने देखिएको ब्लाष्टलाई बताए । आफूहरुलाई सर्भेक्षकले दिएको रिपोर्टमा बाबुरामको घर विद्युतको पोल गाडेको मध्य भाग देखि १६ मिटर टाढा दुरीमा पर्ने दाबी गरे ।

koshi_coridor_dhankuta copy

पोलको मध्य भाग देखी १५ मिटर दुरीमा घर परेमा क्षतिपुर्ति पाउने तर बाबुरामको घर १६ मिटर दूरीमा परेकाले क्षतिपूर्ति नपाएको परियोजनाका इञ्जिनियर शत्रुधन यादवको दाबी छ । पोल विस्तार गर्दा हाईटेन्सनको १५ मिटर राईट अप वेमा नपर्ने यादवको भनाइ छ । अझै पनि आधिकारिक सर्भेक्षक मार्फत् नापेर १५ मिटर भित्र पर्ने गरी प्रमाण पु¥याएर कागज बनाएर ल्याए घरको क्षतिपूर्ति दिन सकिने उनीहरुको भनाइ छ ।