पथरी (ब्लाष्ट) घर तथा कोठाको सजावटमा भित्ता (वाल) को अहम् भूमिका हुन्छ । कोठाभित्र पस्दा पहिला नजर महँगा सामान तथा फर्निचरभन्दा वाल पेण्टिङमै जान्छ । 

यसैले भित्ताको सजावटका लागि विभिन्न किसिमका ‘डेकोरेटिभ प्रडक्टरहरूको प्रयोगमा मान्छेको रुचि तथा सोख फरक–फरक भेटिन्छ । तथापि भित्तामा सुन्दरता थपेर कोठाको सजावट र शोभा बढाउन ‘पेण्टिङ’ नरुचाउने सायदै होलान् । यद्यपि यो अलिक खर्चिलोे सजावट भएकाले यसलाई सोखसँग जोडेर पनि हेर्ने गरिन्छ । भित्ताको विभिन्न डिजाइनप्रति पछिल्लो समय सबै वर्गमा आकर्षण बढ्दै गएको छ । घर राम्रो र सुन्दर देखाउन ठूला सहरहरूमा मात्र यस्तो प्रकारको भित्ता पेण्टिङको महŒव हुन्थ्यो तर, अहिले गाउँघरमा पनि यसको महŒव बढ्न थालेको छ ।

यस्तै व्यवसाय अँगाल्दै मोरङको पथरीशनिश्चरे–९ का युवा व्यवसायी ऋषि चौंलागाईंले पनि पथरी बजारमा मिटु पेण्ट्सको शोरुम नै सुरु गरेका छन् । चौंलागाईंले खुसी ट्रेडर्स कम्पनी दर्ता गरी घरको कोठा, भित्तामा विभिन्न प्रकारको डिजाइनसहित पेण्टिङ सुरु गरेका हुन् । यस्तो प्रकारको डिजाइन मार्बल पत्थरको जस्तै आकर्षणको आकारसहितको पेण्टिङ गर्न सकिने भएकोले मार्बल पत्थरको स्थानमा यस्तो मिटु पेण्ट्सको पेण्टिङ गर्न सकिने व्यवसायी चौंलागाईं बताउँछन् । घरको बाहिर र भित्र सबैतिर नर्मल कलर पनि गर्न सकिने उनले जनाए । ग्रिनाइट कलर स्प्रे गनबाट गरिन्छ, जुन नेपालमा नौलो हो । मिटु पेण्ट्समा १ हजार ८ वटा प्रकारका रङ रहेको छ । भित्ताको स्प्रे गरी पेण्टिङ गनबाट गरिन्छ । नर्मल कलरहरू रोलरबाट पनि गरिने सञ्चालक बताउँछन् । मोरङ जिल्लाभरि डिलरको रूपमा रहेको यस शोरुममा डिजाइनको लागि काठमाडौंबाट ५ जना डिजाइनर ल्याएको र ५ जना स्थानीयसहित १० जना डिजाइनरले अहिले भेडेटार र पथरी बजारका ४ वटा घरमा पेण्टिङको काम भइरहेको व्यवसायी चौंलागाईंले बताए ।