मधुमल्ला। जंंगलको बिचमा ८–१० जना मानिशहरु पात पतिङ्गर बर्ढादैछन । झट्ट हेर्दा जंगल अनी किन बढार्ने सबैलाई अचम्म लाग्न सक्छ ।
त्यो पनी सफा घरको आगन जस्तै हुने गरी बढारीएको छ । बाहिर बाट देख्ने वा पुग्ने जो कोहीलाई अच्म्म लाग्न सक्छ । र हैन किन यो जंगल यती मेहेनत गरि बढार्नु भएको भनी नसोधी बसिरहन सक्दैनन् ।
यो दृष्य हो मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मारहेको मावानुनसरी साुमदायिक वनको वन क्षेत्र को दुष्य हो । यो अरु अरु केही नभएर वनलाई डढेलो बाट जोगाउन सामुदायिक वनले अग्नी रेखा निर्माण गर्दै गरेको दृष्य हो ।
सुख्खा याम सुरु भए संग हावाहुरी चल्ने र वन क्षेत्रहरुमा डढेलो लाग्ने र त्यसले वनमा भएका वनस्पती र बन्यजन्तु साथै माटोलाई समेत ठुलो असार पार्ने भएकाले वनलाई आगलागि हुनबाट बचउनका लागि अग्नी रेखा निमार्ण गर्ने गरेको मावा नुनसरी सामुदायिक वनका अध्यक्ष जगत बस्नेतले बताए ।
यस बर्ष मावा नुनसरी सामुदायिक वनले करिब ५ किलोमीटर अग्नी रेखा निर्माण गर्ने बस्नेतले बताए । साथै एक पटक निर्माण भएको अग्नी रेखालाई २–४ दिनको अन्तरमा पुन निरीक्षिण गरी झरेका पतहरुलाई हटाई अग्नी रेखालाई पुर्न सफाई गर्ने गरेको छ ।
वनको बार्षिक कार्ययोजना अनुसार सामुदायिक वनले नियमित रुपमा अग्नी रेखा निर्माण गर्ने गरेको बस्नेतले बताए । साथै वनले विपन्न परिवारका सदस्यहरुलाई अग्नी रेखा निमार्णमा लगाउने गरेको छ । जसले विप्पन परिवारका सदस्यहरुको आयआर्जनमा समेत टेवा पुगेको छ ।