विजयपुर । कर छलि गरेर भिœयाईएका खाद्यवस्तु बिक्री गर्ने धरानका चार पसललाई वाणिज्य आपुर्ति उपभोक्ता संरक्षण कार्यालय बिराटनगरले जरिवाना गरेको छ ।

धरान–३ माछाभौडीको सिटि स्टोर, न्यू सुमित्रा स्टोर, धरान–९ आचार्य लाइनको रोशनी किराना पसल र धरान–१२ चतरालाइनको एच.के. किराना पसललाई जरिवाना गरिएको हो । ती पसलहरुले खरिद बिल नभएका सामग्री बिक्री गरेको पाईएपछि जरिवाना गरिएको हो । खरिद बिल बिनाका सामग्री बेच्नु अवैध मानिन्छ ।

खरिद बिल बिनाका सामग्री बेचेको पाइएपछि सिटि स्टोर, न्यु सुमित्रा स्टोर र रोशनी स्टोरलार्ई प्रति पसल २० हजारका दरले जरिवाना गरिएको छ भने एच.के. किराना पसललाई भने १० हजार रुपैया जरिवाना गरिएको छ । वाणिज्य आपुर्ति उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त प्रमुख सन्तोष पोखरेलले ३ पसलमा कर छलि गरि भिœयाएको सामाग्री ठुलो मात्रामा भेटिएकाले परेकाले २० हजार रुपैया र एच.के. पसलमा न्युन भेटिएकाले १० हजार मात्र जरिवाना गरेको बताए । 

अनुगमनका क्रममा विभिन्न ब्राण्ड र तौलका पापड, कुरकुरे, विस्कुट, भुजियालगायतका सामग्रीहरू फेला परेका थिए । ती सामग्री भारतबाट अवैध रुपमा कर छलि गरि भिœयाएको निमित्त प्रमुख पोखरेलले जानकारी दिए । उनले ती सामग्रीहरु प्रतिबन्धित रहेको बताउँदै नेपालमा प्रयोग गर्न दिने सामग्रीमा नेपालका लागि मात्र लेखिएको हुने बताए । ती सामग्रीको नेपालमा आधिकारिक उत्तर दायित्व बहन गर्ने संस्था नभएको उनले बताए । उनले भने, ‘यी सामग्री उपभोग गर्दा बिरामी परेमाको जिम्मेवारी हुन्छ ।’ 

उनले विभिन्न नाका हुँदै साइकलबाट कर छलि ल्याउने र कर तिरेकै मुल्यमा बेच्ने गरेको बताए । उनले इटहरी, बिराटनगर, धरान लगायतका तराइका शहरहरुमा अनुमति नभएका बस्तु साइकलमा आयात गर्नेको गिरोह नै रहेको बताए । ‘रोक्नका लागि एउटा अभियान नै चलाएर लागि परेका छौँ’ उनले भने  । उनले यस्तो कार्य दोहो¥याए मुद्धा चलाउने बताए ।