ब्लाष्टखबर । माेरङकाे सुनवर्षीमा माटाेकाे ढिस्काेले पुरिदा १ जनाकाे मृत्यु भएकाे छ भने २ जना घाइते भएका छन् ।

आज (मंगलबार) दिउसाे करिब १ बजे सुनवर्षी नगरपालिका १ कालाबन्जार स्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा नगरपालिकाकाे ४ नम्बर वडा स्थित गान्धी आश्रम बस्दै आएकी २० बर्षीया बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएकाे छ

कार्यालयका अनुसार बन्सुगियासँगै गएका सोही स्थानका ९ बर्षीया मनिका यादव र ५५ बर्षीया झोलीया यादव भने घाइते भएका छन् ।
घाईते दुबैजनाकाे रंगेली अस्पतालमा उपचार भईरहेको उक्त कार्यालयले जनाएकाे छ ।