माझी जातिको धार्मिक उत्सव कोशी (लदि) पूजा आज कोशी नदी किनारमा हर्षोल्लासका साथ मनाइँदै छ । 

माझी उत्थान संघ सुनसरीको आयोजनामा पूर्वी नेपालका माझी जातिहरुले आज महोत्सवका रुपमा धार्मिक, पारम्परिक कोशी पूजा (लदि पूजा) मनाइरहेका छन् । 

kosipuja1

koshiPuja_Barahakshetra1

kosipuja2

आदि कालदेखि मनाइँदै आएको कोशी पूजा डुंगा तार्दा र माछा मार्दा नदीमा कुनै आपतविपत् नआओस भन्ने कामनासहित हरेक वर्ष कोशी नदी किनारमा पूजा अर्चना र उत्सव गरेर मनाइँदै आएको छ । मुलुककै ठूलो पूजाका रुपमा समेत कोशी पूजालाई लिइने गरिएको छ । 

koshiPuja_Barahakshetra2

kosipuja3

७ सय वर्षअघिदेखि मनाउँदै आएको यो पर्वलाई राज्यले बेवास्ता गरेको माझी अगुवाहरु गुनासो गर्छन् । उनीहरुले यो पर्वलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गरिनुपर्ने माग समेत वर्षौंदेखि गर्दै आएका छन् । माझी समुदायको सांस्कृतिक संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनका लागि राज्यले स्रोत उपलब्ध गराउनुपर्ने माझी उत्थान संघ सुनसरीका कार्यवाहक अध्यक्ष घनश्याम माझीले बताए । 

koshiPuja_Barahakshetra3

कोशी नदीमा राँगा, सुँगुर, पाठी, कुखुरा, परेवासहित पञ्चवली गरी कोश पूजा मनाउने प्रचलन रहेको छ । पूजाकै अवसरमा माझीहरुले देशमा सुख, शान्ति, समृद्धिको कामना समेत गरेका छन् । 

kosipuja5

koshiPuja_Barahakshetra4

लोपोन्मुख जातिमा पर्ने माझीहरुको जनसंख्या जनगणना २०६८ अनुसार देशभर ८३ हजार ७ सय २७ रहेको छ । मातृभाषा बोल्नेको संख्या २४ हजवार ४ सय २२ रहेको छ । 

kosipuja4

koshiPuja_Barahakshetra5

koshiPuja_Barahakshetra6

koshiPuja_Barahakshetra7 1

koshiPuja_Barahakshetra8

koshiPuja_Barahakshetra9

koshiPuja_Barahakshetra10

kosipuja6

तस्बिरहरुः प्रदीप चौधरी