लागूऔषध प्रयोग र ओसारपसारलाई निरुत्साहित गर्न नेपाल प्रहरीको समन्वयमा धरान–१२ स्थित एम्स एकेडेमीमा गठित क्रियटिभ फ्यान क्लबको नयाँ कार्यसमितिको पदस्थापन भएको छ । 

सोमबार गठित एम्स क्रियटिभ ग्रुपमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ भने ११ सदस्यीय फ्यान क्लबसमेत गठन भएको छ । 

कार्यसमितिको अध्यक्षमा निशान राई, प्रथम उपाध्यक्ष जानुका अधिकारी द्वितीय उपाध्यक्ष योगेन्द्र राजधामी, सचिव विजय कालिकोटे, सहसचिव विनिता तामाङ, कोषाध्यक्ष सदीक्षा विक र सहकोषाध्यक्षमा अभिषेक खान छन् ।

Aims2

फ्यान क्लबतर्फ संयोजक स्मृति भट्टराई, सदस्य सचिव अनु लिम्बू, कोषाध्यक्ष अलोनी थापा मगर चयन भएका छन् । 

धरान १२ स्थित एम्स एकेडेमीमा रहेको एम्स क्रियटिभ र फ्यान क्लब वर्ष २०७७/७८ का लागि नयाँ समितिको पदस्थापन औपचारिक कार्यक्रम बीच भएको हो । 

एम्स क्रियटिभ र फ्यान क्लबमा विद्यार्थीहरु सिर्जनशील र सामाजिक क्षेत्रमा उत्तरदायी बनाउन विगत ४ वर्षदेखि समूहको स्थापना भएको एकेडेमीका प्रिन्सिपल मित्र तामाङले बताए ।

एम्स क्रियटिभ ग्रुप र फ्यान क्लबले हरेक वर्ष कलेजभित्र र बाहिर विभिन्न सामाजिक कार्य गर्दै आइरहेको व्यवस्थापन समूहका कोर्डिनेटर दुर्गा सुवेदीले जानकारी दिए । 

Aims1