ब्लाष्टखबर ।  धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानका  बाल रोग विशेषज्ञ डा. अरुणकुमार सिंहले लेखेको पुस्तक  ‘बालबालिकाको डाक्टर साथी’ काे बिक्रीबाट अाएकाे रकम एकल महिलाको घर निर्माणका लागि सहयोग गरेका छन्  । 

आर्थिक अवस्था कमजोर भएकी धरान–१७ स्थित रेल्वकी एकल महिला जानुका विकको घर निर्माणकालागि  पुस्तकका सम्पादक देवेन्द्र कार्कीले  पुस्तक बिक्रबाट अाएकाे रकमबाट ५ हजार ५१ सहयाेग गरेका हुन्। 

 कार्कीले जानुका विकको घर निर्माण स्थलमा पुगेर सो रकम हस्तान्तरण गरेका हुन् । हस्तान्तरणका क्रममा  बाल स्वास्थ्य सम्बन्धि जानकारीमुलक  उक्त पुस्तककाे बिक्रीबाट आएको रकम मध्य विपन्न परिवारका बालबालिकाहरुको उपचारका लागि आमचोक सरोकार समाज सुनसरीको नाममा  ५० हजारको कोषसमेत राख्ने बताएका छन् । 

१७ नम्बर वडाध्यक्ष मनोज भट्टराई र पत्रकार जनकऋषि राईको पहलमा जानुका विकको घर निर्माण भइरहेको छ । हालसम्म ६० प्रतिशत निर्माणको काम सम्पन्न भएको पत्रकार राईले जानकारी दिए । दाताहरुको सहयोगमा विकको घर निर्माण भइ९रहेकाे हाे ।