भरौल। बराहक्षेत्रमा सवारी दुर्घटना हुँदा  एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । 

बराहक्षेत्र नगरपालिकाको ५ नम्बर वडा  कबालाबञ्जर  स्थित पकली–रुपनी सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ज ३७६१ नम्बरको बोलेरोले विपरित दिशाबाट आउँदै गरेको ना ३९ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक  स्थानिय अन्दाजी २७ बर्षिय डिगन गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय बराहक्षेत्रले जनाएको छ । 

 दुर्घटनामा परि घाइते भएका मााेटरसाइकलकाे पछाडिसवार अन्दाजी  २७ वर्षीय  स्थानिय कृष्णकुमार राजधामी  र गुरुङ घाइते भएका थिए घाइते मध्ये गुरूङकाे  धरान स्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा बुधबार राती उपचारकाे क्रममा मृत्यु भएकाे हाे भने , राजधामीकाे उपचार भइरहकाे इलाका प्रहरी कार्यालय बराहक्षेत्रका प्रमुख  इनिस्पेक्टर पाण्डव राजवंशीले बताएका छन्  ।

राजधामीको  दाहिने हात भाँचिएको र टाउकोमा चोट साथै  बोल्न नसक्ने अबस्थामा रहेको  प्रमुख राजवंशीले बताएका छन् ।

दुर्घटनापछि  बुलेराे चालक  उदयपुर चौदण्डीगढी नगरपालिका २ का २४ वर्षिय उदेश राईलाई प्रहरी चौकी भरौल कलाबंजरले नियन्त्रणमा लिएकाे छ  ।