धरान/धरान ६ पानबारीमा भक्तबहादुर कटुवालको भान्साघरबाट आगलागी हुँदा भान्साघरसहित गोठ जलेर नष्ट भएको छ । 

अस्थायी प्रहरी पोष्ट पानबारीका प्रहरी हवल्दार विष्णुप्रसाद बरालका अनुसार अन्दाजी १ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ । भान्साघरमा खाना पकाउन प्रयोग गरिएको आगो ननिभेका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको उनले जानकारी दिए । गोठमा रहेका गाईबस्तु स्थानीय छिमेकीको सहयोगमा निकालिएको थियो । गोठमा राखिएको पराललगायत भान्साघरमा रहेका ग्यास, भाडावर्तन जलेर नष्ट भएको छ ।

मंगलबार रातको साढे १ बजेतिर आगो लाग्न सुरु भएको थियो भने धरान उपमहानगरपालिकाको दमकलको सहयोगमा करिब साढे ४ बजेतिर नियन्त्रणमा लिइएको प्रहरी हवल्दार बरालले जानकारी दिए । आगलागी स्थल पानबारीको स्कुल डाँडाबाट करिब ६०(७० मिटर उत्तरतर्फ रहेको छ ।